अनखबर टिप्पणी
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई हटाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिए ।
पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।
मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।

त्यसमध्ये प्रचण्ड(नेपाल समुहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । यो प्रदेशमा प्रचण्ड(नेपाल समुह मिलेर मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए उनी सहजै हट्न सक्छन् । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
तीन मन्त्रीले दिए राजीनामा
यस्तै यता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलको कार्यप्रति असन्तुष्टि जनाउँदै तीन मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराक जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।
यसैगरी अन्य प्रदेशहरुमा पनि अविश्वासका प्रस्ताव समर्थन फिर्ता देखी राजीनामाका लहरहरु चल्न थालेका छन् । अबका केही दिनमा प्रदेश नं. ५ मा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी देखिन्छ, अबको केही दिनमै प्रदेश सभाहरु पनि खारेज गर्नसक्ने एकथरीले अनुमान गरीरहेका छन् ।