अनखबर संवाददाता
लेखापाल पेशालाई ब्यब्स्थित, पारदर्शी र सुरक्षीत बनाउने उद्दे्रश्यले लुमिबनी प्रदेशका विभिनन गैरसरकारी संस्थाहरुमा कार्यरत लेखापालहरुको भेलाले एकाउटेन्ट एसोशियसन अफ नेपाल गठन गरेको छ ।
शनिबार रुपन्देहीमा भएको प्रारम्भिक भेलाले भेषराज आचार्यको संयोजकत्वमा २३ सदस्यीय तदर्श समिति गठन गर्ने निर्णय गरेको हो ।
एशोसियनले सीप र प्रबिधिको आदानप्रदान गर्ने, श्रमबजारमा बर्सेनि आउने नया जनशक्ति लाई लेखापाल पेशामाविभिन्न तालिम गोष्ठी सेमिनार मार्फत आकर्षित गर्ने र स्तरोन्नति गर्ने निजि सस्थालाई लगानिकर्ता र यसका अन्य स्टेकहोल्डर्हरुको बिचमा रहि पुलको कार्य गर्ने, लगायतका विभिन्न सामाजिक सेवाका कार्य गर्ने उदेश्य राखेको कार्यक्रम संयोजन गरेका छविलाल डुम्रेले बताए ।
देशभर छरिएर रहेका लेखापालहरुबीच समन्वय तथा संस्थागत पेशागत सम्बन्ध कायम गर्दै लेखासँग सम्बन्धित विकृती र समस्याहरुविरुद्ध लड्नको लागी संस्था आवश्यक रहेको उपस्थितीले धारणा राखेका थिए । तिलोत्तममा रहेको एसआर होटलमा भएको सो भेलाले संस्थाको आगामी बैठक माघ ३ गते बुटवलमै राख्ने निर्णयसमेत गरेको छ ।