अनखबर संवाददाता
आइतबार दिउँसो सवा ३ बजे चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि गोली प्रहार गरिएको भनेर आएका समाचार निराधार भएको नेकपा निकट स्रोतले अनखबरलाई बताएको छ ।

विद्रोही नेकपाका जिल्ला ईन्चार्ज युवराज राईलाई पक्राउ गर्न उनको घर पुगेको प्रहरीले ईन्चार्ज राईलाई नभेटेपछि उनकी बहिनी चन्द्राकला राईलाई कुटपिट र लछारपछार गर्दै,तेरो दाइ कहाँ छ भन भन्दै दुर्ववहार गरेको परिवार स्रोतले बताएको छ ।
कुटपिट र लछारपछार गर्दा ईन्चार्ज राईकि बहिनी चन्द्रकलाको ढाडमा गम्भीर चोट लागेको बुझिएको छ ।
यस अगाडि समेत प्रहरी ईन्चार्ज राईलाई पक्राउ गर्न उनको घर मैदानेमा पुगेको थियो,त्यतिखेर समेत गोलि हानाहानको हल्ला चलेको थियोे ।
यस्तो जटिल राजनीतिक परिस्थितिमा समेत सरकारले परिस्थिति भड्किलो बनाउने उदेश्यले धरपकड,गिरफ्तार तथा परिवार माथि अनावश्यक ट्रचर दिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।