अनखबर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई सकेको सबै गर्न तर आफूहरुले आन्दोलनले स्थापीत अधिकार गुम्न नदिने बताएका छन । का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले संविधानको मर्म र भावना अनुसारको फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा भएका प्रदर्शन अदालतले सही फैसला गर्न जनताले गरेको सहजीकरणको रूपमा लिन उनको आग्रह थियो ।
‘मलाइ भरोसा छ, सम्मानित सर्वोच्च अदालतले देशको आवाज सुन्ने छ, संविधानको भावना र अक्षरलाई सम्मान गर्नेछ । सम्मानित सर्वोच्चले संविधानको मर्म र भावना बुझ्दैन भनेर सोच्न पनि सक्दिनँ,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यदि कुनै खालको असहज परिस्थिति छ भने जनताको प्रदर्शन र सभा सहजीकरणका लागि, सही फैसला गर्न जनताले गरेको सहजीकरणका रूपमा बुझिदिन आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले संविधानमाथि भएको आक्रमणबारे केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताए ।
‘यहाँ बसिराख्दा २०४६ सालको जनआन्दोलनका बेला मदन भण्डारीले गरेको सम्बोधनको स्मरण गरें । त्यो दिन मदन भण्डारीले भन्नुभएको थियो, यो टेलर मात्र हो, भत्करु आएको मात्र हो, जन्ती आउन बाँकी छ, बाजा बज्न भन्नुभएको थियो । आजको काठमाडौंको सभा त्यसैको संकेत हो लोकतन्त्रमाथिको प्रहार नरोकिए अब आँधीबेहरी आउँछ,’ प्रचण्डले भने ।
पाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनमा पश्चाताप गरेर प्रतिनिधि सभा पुनःस्थापनाका लागि तयार भए सबै कुरा बिर्सिन तयार रहेको बताएका छन् ।

उनले संविधान विपरीतका कदम फिर्ता नगरे ओलीको पतन निश्चित रहेको दाबी गरे । यद्यपि संसद् विघटन फिर्ता लिने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन ।

‘अझै आशा मारेका छैनौं, ओलीले पश्चाताप गरेर प्रतिनिधि सभा विघटनको गल्ती भएको स्वीकार गर्नुहुन्छ भने प्रतिनिधि सभा पुनःस्थापनाका लागि अगाडि बढ्नुहुन्छ भने हामी सबै कुरा बिर्सिन तयार छौं,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विरोध कार्यक्रममा नेता नेपालले भने, ‘त्यही बाटो अवलम्बन गर्ने हो भने भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सकिन्छ ।’
नेता नेपालले प्रतिनिधि सभा विघटन गर्ने व्यक्ति, प्रतिनिधि सभा भंग भइसकेपछि कामचलाउ बनेका प्रधानमन्त्री ओलीले मन्त्रीको लोभ देखाउँदै पद बाँडिरहेको आरोप लगाए ।