अनखबर
बुटवल, १८ पुस ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीका कारण संविधान अहिले लिकभन्दा बाहिर पुगेको बताएका छन् । उनले मुलकमा थप संवैधानिक रिक्ततासमेत आउने खतरा बढिरहेकोले संविधानलाई लिकमा ल्याउने काम न्यायालयको भएको बताए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१औँ साधारण सभा तथा ११औं अधिवेशन समारोहमा शनिबार बुटवलमा बोल्दै मानवअधिकारवादी नेता पहाडीले न्यायले तेल र पानी छुट्याउन सक्नुपर्ने बताउँदैप्रधानमन्त्री र राष्ट्रपतिले कानुन मिचेर संसद विघटन गरेको घटनाले राजावादीले फाइदा लिन खोजेको धारणा राखेका थिए ।
समाजका रुपन्देही सभापति डीपी खनालको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका बिष्णु पन्थी, नेपाली काङ्ग्रेसका निर्मला क्षेत्री, ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष अजय राई, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, उच्च अदालत बुटवल बारका अध्यक्ष जोगबहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख सम्झना शर्मा,माहुरीहोमका रवि ठाकुर, प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौर,समाजका केन्द्रीय सचिव अर्जुन गौतम, केन्द्रीय सदस्य मीना ढकाल, अर्जुन ज्ञवाली लगायतले धारणा राखेका थिए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकाे छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,काेषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

त्यस्तैगरी समाजकाे सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पाैडेल,बिजु पाैडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् ।