पुष २६ चापाकोट संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य राजुु कोईरालाले समग्र चापकोटको विकास र समृद्धिका लागि हातेमालो गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
नेवार समाज सांस्कृतिक संरक्षण केन्द्र भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेता कोईरालाले सबै पक्षलाई एकजुट भएर अगाडि बढ्न अनुरोध गरेका थिए ।
सत्तारूढ नेकपामा देखिएको तिक्तता बारे नेता कोईरालाले केन्द्रीय तहमा नेताहरूले गम्भीरतापूर्वक आत्मसमिक्षा गर्दै हातेमालो गरेर अगाडि बढ्दा राष्ट्र र जनतालाई हित हुने कुरामा जोड दिएका थिए । देश विकास र समृद्धिको मार्गमा अगाडि बढ्दै थियोे अनपेक्षित राजनीतिक घटनाक्रम सिर्जना भयो यसलाई सम्बोधन गरेर नेतृत्व तहमा समाधान गर्नुपर्नेमा उनको जोड थियोे । पार्टी नगर सचिव समेत रहेका कोईरालाले चापाकोटको समग्र विकास र समृद्धिका लागि आफू सशक्त ढंगले लागि परेको बताए । उनलेे भौतिक विकास निर्माण,शैक्षिक वातावरण,खानेपानी,सिचाइ जस्ता नागरिक जिवनका आधारभूत पक्षमा हामीले हातेमालो गरेर नगरपालिकालाई अगाडि बढाउने कुरामा जोड दिए । संरक्षण केन्द्रका अध्यक्ष श्री गंगा बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष चिनुमाया श्रेष्ठले गर्नु भएको थियोे ।
कार्यक्रममा चापाकोट नगरपालिका १० वडा अध्यक्ष रामु कोइराला,किसान प्राविधिक शिक्षालय का प्रशासकिय सहायक रेशमलाल पंज्ञानी लगायतको उपस्थिति रहेको थियोे ।
भवन निमार्णका लागि वातावरण तथा वन विभाग बाट रु बिस लाख अनुदान प्राप्त भएको आयोजकले बताएको छ ।