अनखबर
माघ ९, बुटवल । सरकारी नेकपाभित्र फुट विभाजनसँगै पक्ष र विपक्षमा सडकमा प्रदर्शन भइरहेको बेला केपी वली सरकारले प्रतिबन्ध गरेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको छ ।

नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत् जारी बन्दलाई सफल पार्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, पत्रकार, प्राध्यापक, वकिल, शिक्षक, युवा, विद्यार्थी, पत्रकार सबैलाई अपिल गरेको छ । नेकपा लुम्बिनी ब्युरो, लम्जुङ, तनहुँ, चितवन, धादिङ, जनकपुर ब्युरो, ताप्लेजुङ कैलाली, दाङ, रोल्पा, रुकुम, जाजरकोट, मुगु, बैतडी, म्याग्दी, बागलुङ, कास्कीलगायतका जिल्ला कमिटीहरुले नेपाल बन्द सफल पार्न अपिल गरेका छन् ।

नेकपाका महासचिव विप्लवको आब्हान
नेकपाका महासचिव विप्लवद्धारा माघ १ गते एक वक्तव्य जारी गर्दै बास्तोलाको गिरफ्तार विरुद्ध माघ ३ देखि १० गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरिएको थिए । महासचिव विप्लवले वक्तव्यमा संघर्षको कार्यक्रम अनुसार २०७७ माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते विरोध प्रदर्शन, माघ ९ गते मशाल जुलुस, माघ १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएका थिए । महासचिव विप्लवले वक्तव्यमा राज्यको दमनको विरुद्ध पूर्ण तागत र सचेतनाका साथ संघर्षमा अगाडी बढ्दै निर्देशन दिँदै अगाडी भनेका छन्, “जनताको अधिकारको हनन्, भ्रष्टाचार, दलाली, कमिशनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टी नेता कार्यकर्तालाई खोजी–खोजी गिरफ्तातार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौं धरौटी तोक्नु कुनै पनि राजनैतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवं फासिस्ट प्रवृत्ति हो । यस खालको दमनका विरूद्व आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्विजीवी र आम नागरिकहरूलाई हामी विशेष अपिल गर्दछौं । साथै हाम्रो पार्टी पङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरूद्व पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं ।” वक्तव्यमा भनिएको छ, “हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता कार्यकर्ता माथिको दमन बन्द गर्न, गिरफ्तारमा परेका नेता कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनैतिक विषयको रूपमा आत्मसात गर्न आग्रह गछौं । राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने बरु त्यसले एकपछि अर्को उचाई पकड्दै गएर एकदिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सच्चाई स्पष्ट गर्दछौं । केपी सरकारले वेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।”

लुम्बिनी ब्युरोमा नेकपाको प्रदर्शन
नेकपाले एक हप्ते देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेपछि लुम्बिनी ब्युरोमा विरोध प्रदर्शन हुँदै आएको नेकपाले बताएको छ । ब्युरो अन्तर्गतको जिल्लाहरु कपिलवस्तु, नवलपुर, अर्घाखाँची, रुपन्देहीलगायतका जिल्लाहरुमा विरोध प्रदर्शन गर्दै आएको छ । विरोध प्रदर्शनमा नेकपा र यससँग सम्बद्ध जनवर्गीय संगठनहरु युवा संगठन नेपाल, अखिल ९क्रान्तिकारी०लगायत संगठनहरुले विरोध प्रर्दशन तथा कोणसभा सम्पन्न भएका छन् ।

बास्तोलाको गिरफ्तारी विरुद्ध चार पार्टी रणनीतिक मोर्चाको विरोध
नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई केपी वली सरकारले गिरफ्तार गरेको भन्दै उहाँलाई तत्काल रिहा गर्न नेकपाका महासचिव विप्लव, नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव किरण, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिद्धारा विहीबार संयुक्त वक्तव्य जारी विरोध गरेका छन् । वक्तव्यमा वली सरकारको निन्दा गर्दै बास्तोला लगायत नेकपाका नेता कार्यकर्ता गिरफ्तार गर्नु फासीवादी कार्य भएको बताएका छन् । उनीहरुले बास्तोलाको अबिलम्ब रिहाइको माग गर्दै उहाँलगायत बन्दी जीवन विताइरहनु भएका सम्पूर्ण राजबन्दीहरुको रिहाइका लागी दरो आवाज उठाउन सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्तिहरुलाई अपिल समेत गरेका छन् ।
यस्तो छ नेपाल बन्दबारे वक्तव्य