अनखबर/बुटवल
नेकपाका महासचिव एवं सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारलाई काम गर्न नदिएको कारण संसद विघटन गर्नुपरेको बताएका छन् ।
बुधबार गृहजिल्ला रुपन्देहीका आधा दर्जन भन्दा धेरै कार्यक्रममा सहभागी भएका मन्त्री पौडेलले प्रतिपक्षहरुले भन्दा धेरै आफ्नै पार्टीभित्रबाट असहयोग भएको बताउँदै उनले गोप्य बाटोबाट अविश्वासको प्रस्ताव ल्याउन लागेर समृद्धिको बाधक भएको कारण संसद विघटन गरी ताजा जनादेशमा जानुपरेको बताएका थिए । धेरै राजनीतिक कुरा नगर्ने मन्त्री पौडेलले बैशाख १७ र २७ गतेभित्रै चुनाव ठोकुवा गर्दै त्यसको तयारीमा लाग्न आफ्ना कार्यकर्ताहरुलाई समेत निर्देशन दिएका थिए ।

बुटवलका समग्र विकासको लागी चौराहादेखी चिडियाखोलासम्म सडक विस्तार, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती, बुटवल–पोखरा सडकको स्तरोन्नती, बुटवल–नारायणगढखण्डको सडकको स्तरोन्नती, सरकारी मेडिकल कलेज लगायतका विषयहरु निर्माणको सुरुवात भैसेकको बताउँदै बुटवलले देशकै नमुना विकास प्राप्त गर्न लागेको बताए ।
बेलहिया–बुटवल सडकको चौराहादेखी चिडिया चौकिसम्म ३.५ किमी सडक विस्तार सुरु भएको छ । द कंचनजंघघा विरुवा जेभी काठमाडौंले ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैया ५० पैसा मा ठेक्का सम्झौता भएको छ भने २०७९ बैशाख ३१ भित्रमा निर्माण कार्य सकिसक्नु पर्ने छ ।