अनखबर
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशता केहि महिनाभित्र चुट्ककीको भरमा फाल्ने बताएका छन् । जहानियँ राणातन्त्र, निरकंश शाही शासनलाई फालेको जनताको आन्दोलनको बलले नै केपी ओलीको स्वेच्छाचारिताको अन्त्य गर्ने उनले बताएका हुन् ।

बुटवलमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैंले बनाएको प्रधामन्त्री सामन्ती निरंकुशताको एजेण्ट भएको आरोपसमेत लगाए । प्रचण्डले ओलीलाई निरंकुशता लाद्ने र श्री ३ हुन खोजेको आरोप लगाउँदै उनले लुम्बिनीको भेलाले त्यस्तो शासन गर्न नदिने संकेत देखाएको बताएका थिए । विरोध सभा केपी ओलीको विरोध गर्नको लागीमात्र बनाईएको नभई समग्र प्रतिगमनको विरुद्ध उभ्याउन र देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्न साथै गलत प्रवृत्तिको विरुद्धमा गरिएको समेत प्रचण्डले बताएका थिए ।


नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको सरकार जनताको समस्याप्रती केन्द्रित नभएको भन्दै सच्चिनुस भनेर आग्रह गर्दागर्दै सन्केर संसद विघटन गरेको बताए । नेपालले केपी ओली गणतन्त्रको पक्षमा नै नभएको सम्झदै उनले राजतन्त्रका विरोधको बेला कुनै कार्यक्रममा समेत ओली सहभागी नभएको सम्झिए । नेपाली जनताले चुनाव नचाहेको सरकारको इमान्दारीता र जनताप्रती वफादार रहन चाहेको बताएका थिए । उनले समयको प्रवाहा बुझ्ने क्षमता ओलीमा नभएको समेत जिकिर गरेका थिए । ओलीलाई रिस उठेमा जस्लाई पनि गाली गर्नै, टिप्पणी गर्ने गरेको बताउँदै ओली युगको अन्त्य भएको समेत बताए ।

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले। नेता भुषालले अगाडी दुई वटा बाटा रहेको बताउँदै एउटा केपी ओलीको बरवादीको बाटो अर्काे देश र जनता जोगाउँदै संविधानको रक्ष ागर्ने बाटो अबको विकल्प संविधान रक्षा हो र संविधानको रक्षा संसद पुनस्थापनाले गर्ने नेता भुषालले टिप्पणी गरेका थिए ।
नेकपाका अर्का नेता बर्षमान पुनले बादलले नै जनयुद्धका घाईते,बेपत्ता योद्धाको भत्ता रोकेको सम्झदै उनैले भत्ता बढाउने र जनमुक्ति सेना सम्झेर गोहीको आसु झारेकोे बताएका थिए । यस्तै पूर्वमन्त्री एवं युवानेता बलदेव खनालले संविधान उखान, टुक्का र चुट्किलाले नलेखिएको नेपाली जनताको रगतले लेखिएको बताउँदै सडकमा जनता आफ्नो जीवन खोज्न आएको बताए ।