अनखबर / बुटवल
काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईसेन्जका ९९ जना डाक्टर तथा नर्सहरुलाई दिक्षान्त गरको छ । देवदह मेडिकल कलेज रुपन्देही र लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययन गरी एमविविएस उत्तिर्ण भई डाक्टर उपाधि प्राप्त गरेका ९० जना र वि.एस.सी. नर्सिंङ्ग प्राप्त गरेका ९ जना समोरोहमा दिक्षित भएका हुन ।
शनिबार देवदहस्थित भलुहीमा रहेको देवदह मेडिकल कलेजमा एक समारोह आयोजना गरी काठमाडौं विश्वविद्यालयको ८८ औं सभाबाट अनुमति प्राप्त भएको कार्यक्रमबमोजिम कार्यक्रम आयोजन गरिएको काठमाडौं विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर सुवोध शर्माले बताए । शर्माले डाक्टर पढ्न भन्दा बन्न असजिलो रहेको भन्दै अबका दिनमा समृद्ध बन्नेतिर भन्दा सुखी भएर जनताको सेवा गर्नेतर्फ सोच्न डा. शर्माले अपिल गरेका थिए, यस्तै समारोहमा दिक्षान्त भएका विद्यार्थीले कोरोनाको समयमा निकै पीडा खेप्न बाध्य स्वास्थ्यकर्मीहरुको समस्याले गर्दा डाक्टर पढ्न छोड्न मन लागेको तर पेशाभीत्रको जिम्मेवारीका कारण यो विषय अध्यायन गरी अब जनताको सेवामा लाग्ने बताएका थिए ।
कलेजले उत्पादन गरेका विद्यार्थीले आफू र आफ्नो पेशाप्रति विश्वास व्यक्त गर्नुपर्ने र जनताको सेवामा खटिई देशभित्रै आफ्नो दक्षता प्रयोग गर्नुपर्ने कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोख्रेलले बताएका थिए ।

लामो समयदेखी खर्च गरी अध्यापन गरेका विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै काठमाडौं विश्वविद्यालयको ऐन, २०४८ को दफा ३ (ग)को प्रयोजनका लागि काठमाडौं विश्वविद्यालय उपाधीका सबै नियम र शर्तहरु पुरा गरी २०७७ पुष ७ गतेसम्मा काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेज अन्र्तगत लुम्बिनी मेडिकल कलेज र देवदह मेडिकल कलेजबाट स्नातकोत्तर तथा स्नातक उत्र्तीण गरिएकाहरुलाई दिक्षान्त गरिएको थियो ।