अनखबर
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनीधि सभाको विघटन गर्न नपाउँदै हतारहतार प्रतिगमन कदम भन्दै विज्ञप्ती निकालेर कदमको घोर भत्र्सना नगरपालिकाकै लेटरहेडमा गरेका तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेको तस्वीर राख्दै अर्थमन्त्री विष्णु पौडेलले साथै छौं, साथै रहनेछौं भन्ने स्टाटस लेखे ।
यो स्टाटस लेखेसँगै तिलोत्तममाका मेयर र उपमेयर ओली समुहमा लागेको अड्कल गरिएको छ । घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् भन्ने समाचार बाहिर आएपछि नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने आफूसँग भेटघाट भएको र बाहिर समाचार आएजस्तो नभएको बताए । उनले आफू जिल्ला बाहिर रहेको बताउँदै मेयर र उपमेयर भेट्नु सामान्य कुरा हो, उहाँ अर्थमन्त्री पनि हो, उहाँ रुपन्देहीको नेता हो भेटघाट हुनु नै मुद्दा मिल्नु चाहिँ होईन । अनखबरसँगको उनले आफूले समेत सामाजिक सञ्जालमा आएपछि थाहा भएको बताउँदै मेयरले यस्तो नगरेको हुनुपर्ने र आफूचाहीँ व्यक्तीगत रुपमा पहिलेकै मुद्दाप्रति स्पष्ट रहेको बताएका हुन् ।
यता महासचिवको पहल र केहि सर्त सहित घिमिरेले गुट बदलेका चर्चा भने चलिरहेको छ । केही सर्तहरु राखिएको र सोबारे पार्टीको निर्णय नआएकोले मेयर खुलेर नदेखिएको समेत मेयरले बताएका छन् ।
आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । यसअघि मेयर घिमिरे लामोसमयदेखि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा थिए ।