अनखबर
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित एक विज्ञप्ती सार्वजनिक भएको छ । आफ्नो पार्टीका बैचारिक नेता भेषराज भुषाल गिरफतार भएको २ दिनपछि निस्किएको विज्ञप्तीमा छोटो शब्दमा सहज परिस्थिती भए सरकारसँग वार्ता गर्न तयार रहेको उल्लेख गरिएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् । उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं’ विज्ञप्तीमा भनिएको छ ।
रणनैतिक मोर्चा गठन गरी संयुक्त बैकल्पीक सरकारबारे आफ्नो प्रस्तावना अगाडी सारेको विप्लव नेतृत्वको नेकपालाई प्रतिबद्ध लगाएको आगामी फागुन २८ गते २ बर्ष पुग्नेछ, यसविचमा पटकपटक वार्ताको लागी पहल गरेपनि वार्तामा नआएको सरकारले बताईरहँदा विप्लवले नै यसरी सार्वजनिक वक्तव्यमार्फत वार्तामा सकारात्मक रहेको बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।