अनखबर
कानुन कल्याण परिषद बुटवल बहुमुखी क्याम्पसले सर्वोच्चले संसद पुनःस्थापनालाई लिएर गरेको मुद्दाको फैसलालाई स्वागत गरेको छ ।
परिषद्का अध्यक्ष शिव डुम्रेले एक विग्यप्ती जारी गर्दै विघटन सिफारिसको ६६ दिनपछि भएको संसद पुनस्थापनाले नेपालको राजनीतिक अस्थिरताको अन्त्य,विकास र सुशासनसगै संसदीय स्थायित्व गर्नतर्फ उन्मुख होस भन्दै सर्वोच्च अदालत,प्रधानन्यायाधीश र न्यायको लागि बहस गर्ने सबै न्यायमुर्तीहरुप्रती धन्यवाद समेत दिएका छन । डुम्रेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,’नेपालको संविधान २०७२ धारा ७६ को उपधारा बमोजिम प्रतिनिधि सभा विघटनको ब्यबस्था असंवैधानिक रहेको स्पष्ट पार्दै अदालतले गरेको फैसला संविधान देश र जनताप्रतिको जित हो ।” हेर्नुस विग्यप्ती