अनखबर/स्याङ्जा
स्याङ्जा कालिगण्डकी गाउँपालिका स्याङ्जा वडा नम्बर ५ का अध्यक्ष लोकेलार थापाको छोरा उमेशचन्द्र थापाले चलाएको लु १ ब ३९१३ नम्बरको सरकारी मोटरसाइकलले छापा बजार चोकमा ठक्कर दिदा ७ बर्षिय नवराज खतिवडा गम्भीर घाइते भएका छन् ।
हिजो दिउँसो ५ बजेतिर छापा चोकमा ठक्कर दिदा बालक खतिवडा घाइते भएका थिए । वडा अध्यक्ष थापाले केश अगाडि नबढाउन प्रहरीलाई दबाब दिदै पिडितलाई मिल्न दबाब दिएको बुझिएको छ ।
हिजो साझ मिर्मि हस्पिटलमा उपचार गरिएका बालकलाई मध्यराति देखि थप स्वास्थ अवस्था बिग्रिएपछि थप उपचारका लागि पाल्पा लगिएको स्रोतले बताएको छ ।
सरकारी बाईक दुरुपयोग गरि चलाउने,दुर्घटना गराउने र उल्टो पिडितलाई मिल्न दबाब दिने वडा अध्यक्षलाई स्थानीयले कारबाहीको माग गरेका छन् ।
बाईक चालक वडा अध्यक्षको छोरा संग सवारी लाईसेन्स समेत नभएको बुझिएको छ ।