अनखबर
तुलसीपुर,१४ फागुन ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा फाल्गुन १५ गतेदेखि दाङको तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नया संरचना र आमूल परिबर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला भलिबल प्रतियोगिता सन्चालन गर्न लागिएको महासंघका केन्द्रीय महासचिव विनोद चन्दले अनखबरलाई बताए । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यहि फागुन १५ देखि १८ सम्म प्रतियोगिता सन्चालन गर्ने गरि सबै तयारी सकिएको आयोजकले बताएको छ ।

भलिबल प्रतियोगिताको माध्यमबाट नया क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एबम खेलकुद बिकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्बाह गर्ने उद्देश्य रहेको महासंघका महासचिब चन्दले बताए । प्रतियोगितामा सहभागी प्रतिष्पर्धीलाई दर्ता बापतको शुल्क ५ हजार लिने निर्णय भएको आयोजकले बतायो ।
केही दिन अगाडि घोराहिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले प्रथम हुने समुहलाइ नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र,दोस्रो हुने समुहलाइ ५० हजार,तेस्रो हुने समुहलाइ २५ हजार र चौथो हुने समुहलाइ १५ हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाइ सम्मान स्वरुप ५ हजार प्रदान गरिने छ । उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाइ सम्मान स्वरुप ३र३ हजार रुपैयाले सम्मान गरिने महासंघले जनाएको छ । यस्तै प्रतियोगिता तुलसिपुरको अरनिको मैदान हुने छ भने फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।

महासंघले यश अगाडि समेत विभिन्न कार्यक्रम गर्दै आईरहेको थियो भने हाल दाङमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष जयन्द्र चन्दले बताउनुभयो ।
फाल्गुन १५ देखि शुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिएको अध्यक्ष चन्दले बताए ।