अनखबर/रुपन्देही
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन बाट अध्यक्षमा रेशम चालिसे चयन भएका छन् । चालिसेको अध्यक्षतमा २५ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।जसको उपाध्यक्ष अर्जुन प्रसाद पोख्रेल र दिलिप बेल्बासे , सचिव दिपक बन्जाडे, सहसह-सचिवमा शेरचन्द्र गीरी, कोषाध्यक्ष कृष्णप्रसाद पौडेल सहित २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित भएको हो । कमिटीलाई रामजी आचार्यको सम्योजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचित गरेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रिय अध्यक्ष घनस्याम पाठकले शिक्षकहरुको पेशागत हकहितको लागि क्रान्तिकारी एवम् जनपक्षीय शिक्षकहरु एकजुट भएर अगाडि बढ्न अनुरोध गर्नुभएको थियोे । प्रमुख अतिथिको आसनबाट बोल्दै पाठकले बौद्धिक श्रमिकहरुले श्रमिकको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनुभएको थियोे । कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले शिक्षकहरुलाई पेशाप्रती इमानदार हुँदै आफ्नो बर्गको हितको लागि समेत ऎक्यबद्द हुन आग्रह गरेका थिए,त्यस्तै जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य श्याम श्यान्चुरी,शिक्षक नेता वेलप्रसाद शर्मा,रामजी आचार्य,अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगर,अखिल क्रान्तिकारीका जिल्ला संयोजक ईन्दु वली लगायतले सम्मेलन सफलता शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालको शैक्षिक तथा पेशागत आन्दोलनमा परिवर्तनका पक्षधर शिक्षक ,कर्मचारीहरुको नेतृत्वदायी भुमिका खेल्दै आएको संगठनको इतिहासमा ३५२ शिक्षकहरुले शाहदत प्राप्त गरेको प्रसङ्ग स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण योगदान रहेता पनि राजनीतिक नेतृत्वले शैक्षिक र पेशागत मुद्दाहरू को सम्बन्धमा भने उदासिनता देखाउदै आएको भन्दै बक्ताहरुले शिक्षकहरूको बलिदानी पुर्ण योगदानलाइ निरन्तर स्मरण गरिरहने पर्ने कुरामा जोड दिएका थिए । संगठनका जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता र सचीव झलक प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अर्जुन पोख्रेलले राखेका थिए ।
सम्मेलनमा विभिन्न भुमिकामा रही योगदान पुर्याएका ६ जनालाई सम्मानित गरिएको थियो ।

लामो समयसम्म रुपन्देही जिल्लाको सङठनमा खेलेको भुमिका को कदर गर्दै केन्द्रीय अध्यक्ष घनश्याम पाठक, उपाध्यक्ष गुणाखर भट्टराई, भिमदेव ढकाल त्यस्तै आईसिटी तालिम प्रशिक्षक ईवराज तिवारी, केशवराज अर्याल, सर्वेश वर्मालाई सम्मानित गरिएको थियो ।