अनखबर
२० फागुन, काठमाडौं । प्रतिबन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई बिहीबार सरकारसँग तीन बुँदे सहमति भएसँग्ौ प्रतिबन्ध फुकुवा भएको छ । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सम्पूर्ण बन्दी रिहाई गरिने
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि देशभरबाट २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता रहेको नेपाल प्रहरीले बताएको छ ।
मुद्दा दर्तापछि थुनछेक बहस हुँदा अदालतको आदेशबाट १८ सय ६४ जना तारेखमा छुटेका छन् । यद्यपि उनीहरु विरुद्धको मुद्दा विचाराधीन छ । सरकार र विप्लव समूहको बीचमा भएको वार्तापछि उनीहरु विरुद्धको मुद्दा खारेज गर्ने सहमति भएको छ ।
प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार विप्लवका १ सय २६ नेता कार्यकर्ता अदालतको आदेशले जेलमा बसेर मुद्दा लडिरहेका छन् । सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् ।
‘प्रहरी हिरासतमा भएका र जेलमा भएका बन्दीको रिहाइ गर्ने सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा सहमति भएको हो । यस्तो छ प्रहरीमा हुनेहरुको संख्या