अनखबर
भैरहवा। प्रेस संगठन नेपाल रुपन्देहीको उद्घाटन सत्र पश्चात सन्चालित बन्द सत्रले संगठनका सहसंयोजक कमल रायमाझीलाई संयोजक चयन गरेको छ ।

बन्द सत्रको अध्यक्ष मन्डलका सदस्य समेत रहेका अधिवक्ता ओम पंगेनिले दिएको जानकारी संगठनको केन्द्रिय संगठानात्मक ढांचा अनुसार संयोजकमा कमल रायमाझी, सहसंयोजकमा विनोद परियार र सचिवमा शंकरप्रसाद पान्डे सर्वसम्मत रुपमा चयन भएका हुन्।

संयोजक रायमाझी लुम्बिनीखबर पत्रिकाका सम्पादक हुन् भने सहसंयोजक परियार नागरिक दैनिकका बुटवल सम्बादाता हुन्। यसैगरी सचिव पान्डे रुपन्देही एफ एमका स्टेशन म्यानेजर हुन्।

यसैगरी संगठनको सदस्यहरुमा भरत पान्डे, कपिल अधिकारी, टक सुनार, राज चौधरी, मोहन न्यौपाने, प्रतिक पौडेल, मनोज क्षेत्री, राधा बस्नेत, जितेन्द्र थारु, अम्बिका परियार, सन्जय गुरुंग, पार्वति न्यौपाने, गोम बहादुर के.सी, सावित्रा घिमिरे, जगलाल नेपाल, अन्जना चौहान, कृष्ण गाउले, सचिन चौधरी, कृष्ण रणपाल, शनिकुमार पाठक, दिपक जयसवाल, निर्मल थापा, विष्णु पोखरेल, भरत नेपाली सर्वसम्मत रुपमा चयन भएका छन्।

pppp.jpg

नया नेतृत्वलाई संगठनका प्रदेश संयोजक मानसिंह विश्वकर्माले सपथ ग्रहण गराएका थिए। बन्दसत्रमा संगठनका प्रदेश इन्चार्ज विकास बन्जाडे, संगठनका केन्द्रिय नेता विनोद पहाडी, सिद्धिचरण भट्टराई, भुवन कार्कि, घनश्याम गौतम लगायतले बधाई मन्तब्य राख्दै नया नेतृत्वले नया जोश र उमंगका साथ काम गर्ने विश्वास व्यक्त गरे। शुभकामना दिदैं वक्ताहरुले प्रतिगमनको विरुद्ध सशक्त रुपमा उभिन नया नेतृत्व अझै सफल हुने पनि बताए। घनश्याम गौतम, भुवन कार्कि, विन्दुकुमार चौहान, ओम पंगेनी, नरेश के.सी, सरु राना र गुनाराम घिमिरे सहितको ७ सदस्यीय अध्यक्ष मन्डलले नया नेतृत्व चयनकोलागि भूमिका खेलेका थिए।

यसैबीच प्रेस संगठन रुपन्देहीको भेलाले संगठनको प्रदेश सदस्यमा दीपक गलामी, हिक्मत चौधरी, पशुपति यादव, माया के.सी, सन्जय सौगात, प्रकाश न्यौपाने, पुनहरी बेलबासे, उषा के.सी, कल्पना घिमिरे र प्रदीप जिसीलाई सिफारिश गरेको छ।

यसैबीच प्रेस संगठन नेपाल रुपन्देहीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगमनको विपक्षीमा उभिएका पत्रकार संघसंगठनबीच सहकार्य गरेर अगाडी बढ्ने, प्रतिगमन विरुद्ध सहकार्य गर्नेहरुलाई धन्यवाद दिने, श्रमजीवि पत्रकारलाई विभिन्न बहानामा मिडीया हाउसले हटाउने कार्यको विरोध गर्ने, सरकारी सन्चार गृहहरुले प्रतिगमन विरुद्धमा लागेकै कारण सम्बाददाताहरुलाई धम्काउने, मानासिक तनाब दिने कार्य गरेकोप्रति आपत्ति जनाउने र उनीहरुको रोजगारीको ग्यारेन्टीकोलागि पहल गर्ने एवं लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले बितरण गर्न माग गर्ने, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले बौद्ध दर्शन र सञ्चार विषयमा विद्याबारिधी हासील गर्नु भएकोमा बधाई ज्ञापन गर्ने र अग्रज पत्रकार कृष्णसेन इच्छूक, हृदयचन्द्र सिंह, अग्निशीखा लगायत दिवंगत पत्रकारहरुप्रति हार्दिक श्रदा सम्मान व्यक्त गर्ने गरी रुपन्देही घोषणापत्र समेत जारी गरेको छ।

संगठनले घोषणापत्र तयारीकोलागि संगठनका केन्द्रिय सदस्य रुद्रहरी कुवरको संयोजकत्वमा भिस्म पन्थि र माया के.सी सदस्य रहेको तीन सदस्यीय समिती समेत गठन गरेको थियो।