अनखबर
काठमाडौं ।नेकपा सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’संगै केन्द्रिय सदस्यहरू चन्द्र बहादुर चन्द ‘वीरजङ्ग’, माइला लामा, ओमप्रकाश पुन, भरत बम ‘रणवीर र चूँडामणि ओली रिहा हुने भएका छन् । यी मध्य सुदर्शन, कन्चन, विरजङ्ग आजै सार्वजनिक हुने तयारीमा छन् ।
ओली सरकारसँगको वार्तापछि जेल तथा हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका १ सय ४४ जना नेता कार्यकर्ता रिहा हुने भएका छन् । नेकपा र सरकारबीच सम्पूर्ण बन्दीहरुलाई रिहाइ र मुद्दा खारेजी गर्ने सहमति जुटेसंगै जेल तथा हिरासतमा रहेका नेकपाका सिनियर नेतादेखि कार्यकर्ताहरु रिहा हुने भएका हुन् ।
सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका २ हजार ९८ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको छ ।