अनखबर संवाददाता नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भोलि कपिलवस्तु जादैछन् । पार्टी सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटनको लागि महासचिव विप्लव कपिलवस्तु जाने भएका हुन फागुन २४ गते १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुरु हुन गइरहेको उक्त कार्यक्रममा सम्बोधनका लागि जाने कार्यक्रम तय भएको स्रोतले अनखबरलाई बतायो ।