अनखबर / बुटवल
आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाईने पर्व महाशिवरात्री हिन्दु र शिवभक्तहरुको लागी महान पर्वको रुपमा मनाईने नेपाली संस्कार छ, यसै सन्दर्भमा लुम्बिनी प्रदेशको पशुपति क्षेत्रको रुपमा मानिने पाल्पा र बुटवलको संगमस्थलमा रहेको सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको घुईँचो लाग्यो । खासगरी लामो समयदेखी पर्वहरु मनाउन नपाएका नेपालीहरु यतिबेला अवस्था सामान्य हुँदै जादाँ उत्सहाजनक उपस्थितीमा महाशिवरात्री मनाईरहेका थिए । कोरोना महामारीको डर झण्डै झण्डै हराईसकेको थियो, प्रायः जसो मानिसहरुले माक्स लगाएका थिएनन तर ठूलो भीड र ठेलमठेलसहित सिद्धबाबाको लागी दर्शन गरिरहेका थिए । पाल्पाको सिद्धबाबा क्षेत्र, रुपन्देहीको बोलबम धाम, मोक्षधाम, सिद्धबाबा लगायतका शिवालयहरुमा उत्तिकै दरो उपस्थिती देखिन्थ्यो, दर्शनार्थीको भीडले कोरोनालाई जितेका नेपालीको धार्मिक आस्था स्पष्ट देखाउन्थो ।
(भिडियो रिपोर्ट)