राष्ट्रिय दलित पत्रकार संघको अधिवेशन बुटवलमा सुरु

अनखबर / बुटवल
पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिपुर्ण आन्दोलनको लागि तयार रहन अपिल गरेका छन् । देशमा संविधानको रक्षा गर्ने र हत्या गर्ने दुई धार देखा परेको भन्दै आफूले राष्ट्रियता, स्वाधीनता र सम्विधानबादलाई रक्षा गर्दा आफूलाई घेराबन्दीमा पारिएको बताए । राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्दाटन गर्दै प्रचण्डले प्रतिनिधि सभाको विघटनको प्रतिगमन सर्वोच्चले सच्याएपनि प्रतिगमन नरोकिएको भन्दै गर्भबाट जन्मिएको बच्चालाई पुनः गर्भमै फर्काउने अस्वभाविक खेल भएको उनले बताए । प्रचण्डले जनयुद्धमा दलित र जनजाति समुदाय सहभागी मुख्य रहेको बताउदै उनले अबको आन्दोलनमा पनि दलित समुदायसग ठूलो अपेक्षा गरेको बताए ।
प्रचण्डले मिडियाको मुख्य भूमिका रहने भन्दै अब शान्तीपुर्ण आन्दोलन मार्फत ठूलो आधिवेहरी ल्याउन तयार हुनुपर्नेमा अपिल गरेका थिए । प्रचण्डले पार्टी र सरकारबारे धेरै कटाक्ष नगर्दै उनले पार्टी पुनर्गठनको प्रक्रियामा रहेको र सो प्रक्रियामा दलितलाई उचित ठाउँ दिने बताएका थिए । प्रचण्डले सामाजिक आन्दोलन विना जातीय विभेदको अन्त्य नहुने स्पष्ट पारेका थिए ।
यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाणले नक्कली नेताहरूले सत्तामा रजाई गरेकोभन्दै असली मयुरहरु सडकमा छन्, नक्कली मयुरहरु सिहदरबारमा घुमिरहेका छन खाणले ओलीप्रती कटाक्ष गरे उनले प्रचण्ड र स्व गिरिजाप्रसाद कोईरालाले गरेको शान्ती सम्झौता गरेको सम्झदै परिवर्तनको नेतृत्व गर्नेहरुलाई सधै घेराबन्दी हुने गरेको बताएका थिए ।


दलित पत्रकार संगठनको राष्ट्रिय प्रथम महाधिवेशनमा विशिष्ट योगदान पु¥याउने ६ जनालाई सम्मान गरिएको थियो ३ दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । वाक स्वतन्त्रता, समावेशी समानता, दलितका मुद्दा स्थापना, हक अधिकार लगायतका विषयमा दलित पत्रकार संघ सक्रिय छ ।