स्याङ्जाको बिर्घामा नमुना पुस्तकालय बन्ने

शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग

स्याङ्जाको बिर्घामा नमुना पुस्तकालय बन्ने

६ चैत, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा कट्टीमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पुस्तकालयका तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

विसं २०७२ सालको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको पुस्तकालय भवन हटाएर सोही स्थानमा शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग तथा रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा अत्याधुनिक पुस्तकालय भवन बन्न लागेको हो ।

अध्यक्ष पाण्डेले सामुदायिक कार्य एकल प्रयासले मात्र नहुने भन्दै सिंगो समुदायको सहयोग र साथ रहेन विश्वास व्‍यक्त गरे ।

कार्यक्रममा रिड नेपालका मैनालीले भवन समयमै निर्माण हुने र दीर्घकालीनरुपमा पुस्तकालय सञ्चानल हुनेमा आफूहरु ढुक्क रहेको बताए ।

करिव ८ महिनामा सम्पन्नहुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना संचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभा हल हुनेछन् ।

कुल १ करोड १९ लाख १ हजार ९१ रुपैयाँ ५७ पैसामा बन्न लागेको यो पुस्तकालयमा रिड नेपालको तर्फबाट १ करोड १५ लाख योगदान र बाँकी रकम ४ लाख १ हजार ९१ रुपैया ५७ रकम समुदायले व्यवस्थापन गर्ने पुस्तकालयका अध्यक्ष पाण्डेल बताए ।

प्रतिक्रिया दिनुहोस