बुटवल , चैत ३०
प्रधानमन्त्री मत्स्य कार्यक्रम लागू भैरहेको बेला माछाको राजधानी भनेर चिनिने रुपन्देहीको छपियामा ७ दिने व्यावसायिक माछापालन तालिम सम्पन्न भएको छ ।
श्रीनगर एग्रो फर्म प्राली अन्तरगत सीप तथा ज्ञान केन्द्रको आयोजनामा ३ दिन सैद्धान्तिक ज्ञान र ४ दिने फिल्डमा प्राविधिक तालिम गरि ७ दिने सीपमूलक तालिम सम्पन्न गरेको हो । तालिमपछी रोजगार, उद्यमशिलता, उत्पादन वृद्धि र बजारीकरणलाई सहायता हुनेगरी तालिमले विशेष ज्ञानसहित स्वरोजगारमा समेत मानिसलाई प्रेरित गर्ने उद्देश राखेको छ । तालिममा कृषक, व्यावसायि, प्रसोधनकर्ता, अध्यनरत विद्यार्थी, पेशागत कर्मचारी सहित २८ जना उपस्थिति रहेको थियो । श्रीनगर एग्रो फर्म ग्रुपले हालसम्म २ हजारभन्दा बढीलाई सीपमूलक तथा व्यावसायिक कृषिसम्बन्धी तालिमहरु दिदै आएको फर्मका म्यानेजिङ्ग डाईरेक्टर मौसमी श्रेष्ठले जानकारी दिनुभयो । तालिमपछी हालसम्म १५ सयभन्दा बढी स्वरोजगार भैसकेका छन भने कतिपयले रोजगार गर्दै आएको फर्मले जनाएको छ ।