अनखबर, काठमाडौँ
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । यास चक्रवात पश्चिमउत्तर(पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर(पश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ । उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर(पश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै आइतबार देशभर आंशिक देखि सामान्य बदलि रहि बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बागमती र लुम्बिनी प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशभर आंशिक देखि सामान्य बदलि रहि प्रदेश १ र प्रदेश २का केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।