असार २८ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पछिल्लो राजनीतिक घटनाक्रम र अदालतको आदेशलाई लिएर समाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन ।
सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै नेता बास्तोलाले अदालती फैसला संसदीय घेरा भित्रैको उथलपुथलको बिषय भएको भन्दै यसले जनताको वास्तविक राजनीतिमा चिया कप भित्रको तुफान बाहेक केही नभएको टिप्पणी गरेका हुन । संसद पुनर्स्थापना वा बिघटनको अदालती कार्यवाही राजनीतिक रुपले केवल एक सिक्काका दुई पाटा भएको समेत बास्तोलाले टिप्पणी गरेका छन् ।
बास्तोलाले संसदीय व्यवस्थाले दिने भनेको राजनीतिक अस्थिरता,आर्थिक गतिहीनता र सामाजिक पराधिनता बाहेक केही हुँदैन । निरन्तरको यो दुष्चक्रबाट मुक्त हुन वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प छैन । सबैले समयमै मनन् गरौ: प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह, वैज्ञानिक समाजवाद आजको राजनीतिक बाटो हो,बास्तोलाले उल्लेख गरेका छन् ।
ओली सरकार र विप्लव नेतृत्वको नेकपा विच ३ बुदे सहमति यता नेकपाले यी मुद्दालाई जबर्जस्त उठाउदै आएको छ ।