अनखबर
लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पूर्वाधार मन्त्रीले काठमाडौं पुगेर नेकपा माओवादी अध्यक्ष प्रचन्डलाई सुटुक्क भेटघाट गरेका छन् ।
जसपा महन्थ ठाकुर समूहबाट ओली निकट शंकर पोख्रेलको क्याबिनेटमा मन्त्री बनेका सन्तोष पाण्डेले काठमाडौं पुगेर प्रचन्डलाई भेट्नुले लुम्बिनी प्रदेशमा सरकारमा पनि फेरबदलको संकेत देखिएकाे हो ।
यसअघि जसपाकै सुमन रायमाझीले राज्यमन्त्रीबाट राजिनामा दिईसकेकी छन् । यद्यपि उनकाे राजीनामाकाे बिषयमा कुनै सुनुवाई भएकाे छैन ।पाण्डे मुख्यमन्त्री शंकर पाेखरेलकाे सरकार ढालेर माओवादी नेता कुलप्रसाद केसीकाे नेतृत्वमा सरकार बनाउने लिखित सहमति गरेकाे दुईघण्टा नबित्दै पुनः पाेखरेललाई मुख्यमन्त्री बनाएर पार्टीकाे निर्देशन बिपरित हिंडेका हुन् ।
उनलाई उपेन्द्र यादव समूहले पार्टीबाट निश्कासन गरेकाे थियाे । विगतमा उपेन्द्र यादवको नजिक भएर लाभ लिएका उनी पछिल्लो पटक लुम्बिनी प्रदेश सरकारमा महन्थ ठाकुर लाइनमा उभिएर मन्त्री बनेका थिए ।
गएकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारकाे रुपमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट जितेका पाण्डे कहिले स्वतन्त्र ,कहिले फाेरम , कहिले जसपा हुँदै यतिबेला प्रचण्ड भेट्न काठमाडौ पुग्नुले माओवादी नजिक देखिन थालेका हुन कि भन्ने आकंलन गरिएको छ ।
पाण्डेका निकटम प्रतिद्वन्दी अनुप बराल बिश्वास यतिबेला माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि उनी साेहि पदमा आगामी निर्वाचनमा लड्ने याेजनाका साथ प्रचन्डलाई भेट्न उनकाे निजी निवासमा पुगेकाे जनआस्थामा समाचार छ ।