अनखबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्र नेत्रविक्रम चन्द विप्लवबीच बुधबार दिउँसो प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।

भेटघाट पछि सामाजिक सञ्जालमा विभिन्न कोणबाट टीका टिप्पणी भईरहेका छन् । विप्लव खुल्ला राजनीतिमा आएपछि पहिलोपटक प्रचण्डसँग बुधबार भेटवार्ता भएको हो । विप्लव गत फागुन २० मा सार्वजनिक भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई मात्रै भेट गरेका थिए ।

यसअघि नेकपाकै नेताहरु धर्मेन्द्र बास्तोला,उदय चलाउनेले प्रचण्डलाई भेटेपनि विप्लवले भने पहिलोपटक प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रचण्डलाई भेट्न विप्लव,पार्टी सचिवालय सदस्य बास्तोला,केन्द्रीय सदस्य वसन्त श्रेष्ठ,पार्टी कार्यलय सचिव असल खड्का लगायतका नेताहरू सहित खुमलटार पुगेका थिए ।

भेट केपी वली सरकार संग भएको ३ बुदे सहमतिको कार्यनयनमा शेर बहादुर देउवा नेतृत्वको नयाँ सरकार बनेपछि पहल र भुमिकाका बारेमा केन्द्रित रहेको नेकपा स्रोतले अनखबरलाई बताएको छ ।
स्रोत भन्छ प्रचण्ड कमरेड संग महासचिव विप्लवले झण्डै ८ बर्षपछि भेटघाट भयो विगतका समसामयिक बिषयमा कुराकानी भयो र प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ अवस्थाको बारेमा जानकारी लिनुका साथै कुराकानी भएको थियोे ।


प्रचण्ड पत्नी सिताले महासचिव विप्लवलाई गहिरिएर नियालेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ भने उक्त तस्बिरलाई कतिपयले भावनात्मक ढंगले टिप्पणी गरिरहेका छन् ।