अनखबर
असार ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १० बुदे सहमति गरेको मसी सुक्न नपाउदै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीभित्र कुनै ठाउँ नरहेको घोषणा गरेका छन् । सरकारी निबास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘कमीकमजोरी स्वीकार्ने अन्य नेता कार्यकर्ताको हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिएपनि माधवकुमार नेपाललाई गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्न नसक्ने दाबी गरेका छन् ।
उनले नेता नेपाल लाज सरम हराएको विश्वासघाती मान्छे भएको बताउँदै स्वीकार्न नसक्ने बताए । उनले भने, ‘माधव नेपाल जस्ता लाज सरम हराएका मान्छेहरु, विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन।’
ओलीले सम्बोधन गरिरहँदा कार्यकर्ताहरुले माधव नेपालप्रति निकै रुखो र अशिष्ट नाराबाजी लगाएका थिए ।