काठमाडौ साउन २ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा संगठन नेपाल काठमाडौं सडकमा उत्रेको छ ।
यातायात व्यवसायीले यात्रु संग मनपरि भाडा असुलेको गुनासो बढेपछि युवाहरू सडकमा उत्रेका हुन । कतिपय यातायात व्यवसायीले न्युनतम आंचार संहिता समेत लागु नगरी मनपरी रुपमा यात्रुबाट गाडीभाडा लिए पछि युवाहरू उक्त शैली बिरुद्ध सडकमा उत्रेका हुन
युवाहरुले छड्के अनुगमन गरी मनपरि भाडा नलिन व्यवसायीलाई अनुरोध गर्ने र अटेरी गरे कारबाही गर्ने बताएका छन् ।
युवाहरुले आज काठमाडौं कंलकिमा लामो तथा छोटो दुरीका सबारीको अनुगमन गरेको अनखबरलाई बताए ।