अनखबर संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा भएको मनपरिका विरुद्ध युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रममा कपिलवस्तुको पिपरामा भएको कार्यक्रममा स्थलबाट पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल,अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु बहादुर राउत,अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्ला स्तरका नेता कार्यकर्ता छन् ।
कार्यक्रम स्थलमा प्रहरीले घेराहालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे ।
नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको नेकपा स्रोतले अनखबरलाई बताएको छ ।