अनखबर संवाददाता
नेपाल सरकारले स्थानीय तह मध्य स्मार्ट नगरपालिका घोषणा गरेका १२ वटा नगरहरुलाई १/१ अरबका दरले विकास बजेट विनियोजन गर्ने निर्णय गरेको थियोे ।
उक्त बजेटले नगरपालिकाले भौतिक पुर्वाधार अन्तर्गत सडक,पुल,पुलेसा जस्ता कार्यक्रममा खर्च गर्न पाउने व्यवस्था गरिएको थियोे । उक्त बजेट नगरपालिकाले कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडालाई ५/५ करोडको दरले विनियोजन गर्ने र बाकी बजेट कार्यपालिकाकै निर्णयले भौतिक पुर्वाधार निर्माणमा खर्च गर्नुपर्ने व्यवस्था थियोे तर तर वालिङ नगरपालिकाको हकमा भने त्यसो भएको छैन ।
सरकारले दिने १ अरब बजेट कुन कार्यक्रममा कता गयो कार्यपालिका अहिलेसम्म बेखबर छ ।


यसैबीचमा स्थानीय अगुवा शिक्षक सीता गैह्रले केही हप्ता अगाडि सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगर प्रमुख दिलिप खांडलाइ प्रश्न गरेकि छन् !
नगरप्रमुख ज्यू!
वालिङ नगरपालिका।

देशभरी १२ वटा स्मार्ट सिटी अन्तर्गत १,१अरबका हिसाबले बजेट विनियोजन भएको कुरा सुन्नमा आएको थियो।अन्य नगरपालिकामा सायद नगर योजना अनुसार विनियोजन गरियो होला। वालिङ नगरपालिकाको हकमा के हुँदै छ? कि केन्द्रमा नै रोकियो?एउटा नगरवासीको हैसीयतबाट जान्न मन लाग्यो।यो रकम नगरको योजना अनुसार नै स्मार्ट सिटीको परिकल्पना विकासमा खर्च गरियोस्।यदि रकामान्तर
भयो भने नगरवासी चुप लागेर बस्नेवाला छैनन है!
माथि उल्लेखित स्टाटसको आशय थियोे उक्त एक अरब बजेट नगरपालिकाले वितरण गर्ने हो कि ? केन्द्र सरकारले ?
स्रोतले अनखबरलाई बताए अनुसार निवर्तमान मन्त्री पद्मा कुमारी अर्यालले केन्द्रबाटै शिर्षक छुट्टयाइएर विभिन्न ठाउँमा बजेट वितरण गरेको बुझिएको छ ।
अर्याल निकट स्रोत भने पुर्व मन्त्री अर्यालले नगर विकासमा जिम्मेवार पहल र भुमिका खेलेको दाबी गरेका छन् ।
यता काङ्ग्रेस निकटका कार्यकर्ता भने मन्त्री अर्यालको शैली संग असन्तुष्ट मात्रै होइन आक्रोसित समेत भएका छन् ।
नगरपालिकाले नगरभित्रका वडाहरुको आवश्यकता र माग अनुसार कार्यपालिका मार्फत सल्लाह गरेर योजना विनियोजन गर्नुपर्नेमा केन्द्रीय तहबाट हस्तक्षेप भएको जिकिर गरिरहेका छन् ।
यसै विच मन्त्री अर्याल समिल्लित एमाले सरकार अदालतको आदेश संगै सरकार बाहिर भएको छ भने काङ्ग्रेस नेतृत्वको सरकार बनेको छ ।
यता नगरपालिकाले कार्यपालिकाको बैठक राखेर विभागलाई औपचारिक पत्रचार गरि १ अरब बजेट माथि चासो र जिज्ञासा राखेको छ । उक्त बजेट काङ्ग्रेस नेतृत्वको सरकार बनेसंगै अगिल्लो निर्णय खारेज भएर सिधै नगरपालिका आउला वा निर्णय यथावत रहला् ?
मन्त्री अर्याल र नगर प्रमुख दिलीप खांड विच उक्त बजेट विवाद पछी तिक्तता समेत बढ्दै गएको देखिन्छ ।
काङ्ग्रेसले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ सडक स्तरउन्नतीको बजेट अर्यालका कारण प्रभावित भएको आरोप समेत लगाईरहेको छ भने एमालेले मन्त्री अर्यालको प्रयासलाई मेयर खांणको असहयोगले अफ्ट्यारोमा परेको दाबी गरेको छ ।