अनखबर संवाददाता
एमाले बरिस्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल यतिखेर भारतीय एक अस्पतालमा उपचारको क्रममा छन् । भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत अवस्थामा रहेका एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले अस्पतालको शैयाबाटै विज्ञप्ति जारी गर्दै कुनै पनि अलमलमा नपरी सांसदहरुलाइ प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गर्न अपील गरेका छन् । एमालेका २३ सांसदले सर्वोच्चमा हस्ताक्षर गरेका कारण नै केपी ओली प्रधानमन्त्री पदबाट मुक्त भएका थिए भने देउवालाई प्रधानमन्त्री बन्ने वातावरण बनेको थिए ।
उनले आफ्नो मत देउवाकै पक्षमा हुने पनि स्पष्ट पारेका छन् ।
यश घटनाक्रमले एमाले विभाजन नजिक पुगेको टिप्पणी गर्नेहरूलाई बल पुगेको बुझिएको छ ।