अनखबर
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले भर्खरै एमाले प्रवेश गरेका पूर्व माओवादी केन्द्रका नेताहरुसँग काठमाडौंमा भेटघाट गरेका छन् ।
एमाले प्रवेश गरेका पूर्व माओवादीका नेता लेखराज भट्टको निवासमा महासचिव विप्लवले भट्टसहित, मणी थापा, प्रभु साह र टोपबहादुर रायमाझिसँग भेटेर क्रान्तिकारी ध्रुवीकरणको सम्भावना खोज्ने बिषयमा बिषयमा छलफल भएको नेकपाका केन्द्रीय कार्यलय सचिव असलले अनखबरलाई बताउनुभयो ।
भेटमा अहिलेको जटिल राजनीतिक समस्याको समाधान र वली सरकार संग भएको ३ बुदे सहमति कार्यनयनको बिषयमा छलफल भएको पार्टी निकट स्रोतले बताएको छ । साथै भेटमा एकीकृत कम्युनिष्ट पार्टी निर्माणबारे समेत छलफल भएको बुझिएको छ ।
एमाले नेतृत्वको सरकार अदालतको आदेशमा ढलेसँगै विप्लवले राजनीतिक भेटघाटलाई तिब्र पारिरहेका छन् । विप्लवले यस अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले बरिस्ठ नेता माधवकुमार नेपाल, र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई,क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरण लाई छुट्टा छुट्टै भेटेका थिए ।