अनखबर संवाददाता
नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोईरालालाई देउवा सरकारको उपप्रधानमन्त्री बन्ने चर्चा चलेको छ ।
तर यता कोईरालाले उपप्रधानमन्त्री बन्ने कुरा निराधार भएको जिकिर गरेका छन् , सञ्चार माध्यमसंग कुरा गर्दै कोईरालाले मेरो लक्ष्य पार्टी सभापति हो अहिले सरकारमा जाने बिषयमा कुनै धारणा नगराएको बताएका छन् । कोइरालाले भने “मेरो लक्ष्य पार्टी सभापति बनेर पार्टीलाई अगाडी बढाउने हो, सरकारमा जाने विषय अहिले मेरो प्राथमिकतामा छैन, म उपप्रधानमन्त्री वा मन्त्री बन्दिन ।” महामन्त्री कोइरालाले आफुले आफ्नो समूहबाट मन्त्रीमा पठाउने नेताहरुको चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरु सँग छ्लफल गरे पनि टुङ्गोमा पुगि नसकेको बताए ।