रमाकान्त बास्तोला/पोखरा
नेकपा निकट बिधार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले बढ्दो महँगी र कालोबजारी विरुद्ध मङ्लबार पोखरामा बिरोध प्रदर्शन गरेको छ ।

राज्य संयन्त्रले जनतालाई अप्रत्याशित रुपमा महङ्गी र कालोबजारीमा धकेल्न खोजेको आरोप लगाएको छ ।
राज्यका विभिन्न निकायमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै पोखराको मानबअधिकार चोक देखी प्लेकार्ड प्रदर्शन र र्याली सहित सरकारले गरेको महँगीका बिरुद्द बिरोध प्रदर्शन गरेको हो ।
पोखराको मानबअधिकार चोक देखी शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल रोक,ग्यास लगायतका सामग्रीको मुल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, गुणस्तरीय खाध्यान्न आपूर्ति सहज गर, बिपन्नलाई सहुलियत कार्डको ब्यवस्था गर, लिपुलेक लिम्पियाधुरा सहितको नक्शा लागु गर,अभिभावक माथि किताब प्रकाशनले थोपारेको पुस्तक भार बन्द गर, बिध्यालय स्तरमा राज्यले तोकेको १०% छात्रवृत्ति लागु गर जस्ता दर्जनौ प्ले-कार्ड र नारा सहित महेन्द्रपुलमा पुगेर कोण सभामा परीणत भएको थियो ।

उत्त कोण सभालाई अखिल ( क्रान्तिकारी )का केन्द्रिय सदस्य अटलले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै अटलले कालोबजारी गर्ने र शिक्षा क्षेत्रका शैक्षिक माफियाहरुलाई आँफुहरुले तह लगाउने चेतावनी दिएका छन् । कार्यक्रममा नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङ,
अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरण पुन लगायतले सम्बोधन गरेका थिए ।