अनखबर संवाददाता
पछिल्लो राजनीतिक घटनाक्रमले संसदीय दलहरू प्रति नागरिकको आक्रोश बढ्दै गएको छ । विकास र समृद्धिको घोषणा गरेर पुर्णतः व्यवस्था असफलता तर्फ धकेलिरहेका संसदीय दलहरूको व्यवहार र चरित्रबाट निरास भएर जनता विप्लव नेतृत्वको नेकपा तर्फ आकर्षण बढ्दै गएको देखिएको छ । मङ्लबार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा आयोजित ध्रुवीकरण कार्यक्रममा सत्तारूढ नेपाली क्राङ्गेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट दर्जनौं नेताकार्यकर्ता नेकपामा ध्रुवीकृत भएका छन् ।
नेता कार्यकर्तालाई नेकपा केन्द्रीय सदस्य ओम प्रकाश पुनले स्वागत गर्नुभएको छ ।
पछिल्लो समय सुदूरपश्चिमका अंधिकासं जिल्लामा संसदीय पार्टीका सयौं कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने लहर चलेको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य विरेन्द्र शाहले अनखबरलाई बताएका छन् ।