अनखबर संवाददाता
इलाम संवाददाता । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्लाको जिल्ला बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न १५ वटा निर्णय गरेको नेकपा ईलामले जनाएको छ । दुई दिन बसेको बैठकले रास्ट्र र जनसरोकारका विषयहरुमा विभिन्न निर्णयहरु गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले पार्टीले अगाडि सारेका प्रस्तावहरुको इमान्दारपुर्वक कार्यनयन र नेतृत्व गर्दै जनताको बिचमा आएको बताए । पत्रकारको एक प्रश्नमा नेता पौडेलले संगठन नै बिचार , राजनिती, इमानदार नेतृत्व र बलिदानी भावमा माथि भएका कारण सबै भन्दा शक्तिशाली रहेको र अहिलेको स्थितिमा आफ्नो पार्टीले जनताका समस्या समाधान गर्न सक्ने जिकिर गरे ।
उनलेे जनमतसंग्रह मार्फत सामाजिक ब्यवस्था बैज्ञानिक समाजवाद हुने कि संसदिय पुंजिवाद फैसला गर्न सबै पक्ष तयार हुनु पर्ने बताए, अन्यथा जनमत जस्तो जनताको अधिकारलाइ खोसिन्छ भने सामाजिक आवश्यकताले जनमत लाई जनबिद्रोहमा परिणत गर्ने र बिद्रोहको नेतृत्व आफ्नो पार्टिले इमानदार भएर गर्ने
पौडेलले दलाल पुंजिवादले जनतालाई आजित बनाएको भन्दै वैज्ञानिक समाजवाद मार्फत राष्ट्रले निकास पाउने दाबी गरे ।।
उनलेे आफ्नो पार्टीको भ्रष्टाचारीहरुलाई कारबाही गर्ने निति भएको समेत बताए ।
पत्रकार सम्मेलनमा पार्टिका जिल्ला सेक्रेटरी मौसमले नंया परिस्थितिमा पार्टी आएकोले सबै पक्ष ईमानदार भएर राष्ट्रको निकासमा लाग्न अनुरोध गरे ।
हेर्नुस विज्ञप्ति