बुटवल-१०
लुम्बिनी प्रादेशिक अस्पतालमा ५ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालका अनुसार मृत्यु हुनेमा रुपन्देही र गुल्मीका २–२ जना, र प्यूठानका १ जना रहेका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ की ३२ वर्षीय महिला, बुटवल ७ का ४४ वर्षका पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष,
इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानकोे सुमारानी २ की ६३ वर्षीय महिला रहेको खनालले बताए । उनीहरुको शनिवार साढे १ बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधीमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।