बुटवल-१०
बुटवलमा नमस्ते हाइपर मार्ट संचालनमा आएको छ । उपभोक्ताको माग अनुसार ग्रोसरी, खाद्यान्ह, कस्टमेटिक र तरकारी फलफुलसँगै जिउँदो खसीबोका, कुखुरा, कालिज समेत उपलब्ध हुनेगरि नमस्ते हाइपर मार्टले आजबाट कारोबार शुरु गरेको हो ।
योगीकुटीबाट बसपार्क सडकमा खुलेको नमस्ते हाइपर मार्टको बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख सुबेदीले उपमहानगरको परिकल्पना अनसार बुटवललाई डिजिटल शहर बनाउने योजनामा नमस्ते हाइपर मार्टले सकारात्मक भुमिका खेलेको बताए ।
उनले नमस्ते मार्ट जस्तै युवा स्वरोजगारमा आधारित धेरै मार्ट र एग्रो व्यवसायमा उपमहानगरले एक्यवद्धता जनाउन तयार रहेको पनि बताए ।
मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको नमस्ते मार्टको छाता संगठन सिद्धकालिका मल्टी प्रोपोज प्रा।लिका अध्यक्ष सन्तोष पौडेलले बताए ।
‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको उनले बताए ।
ग्रोसरी, एग्रो सहित जिउँदो खसीबोका, लोकल कुखुरा, कालिज, हाँस समेत एउटै छातामुनी पाईने गरि संचालनमा आएको मार्टमा उदघाटनको अवसरमा ५ देखि २५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको पनि अध्यक्ष पौडेलले बताए । सिद्धकालिका मल्टी प्रपोजकै शाखा अन्तर्गत रुपन्देहीको सैनामैनामा बुद्धनगर एग्रो फार्म लिबा फार्मको नाममा मार्ट संचालनमा रहेको छ ।
मार्ट संचालनका लागि तीन करोड बढी लगानी रहेको बताउँदै आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार कम्पनिले हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य लिएको छ ।
मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरिएको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए ।
कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले बताए ।