काठमाण्डौ-11
विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् ।

अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ ।

पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो ।