भैरहवा । सिद्धार्थनगर नगरपालिकाको नयाँ प्रशासनिक भवन बुद्ध गुम्बा शैलीमा निर्माण हुने भएको छ । नगरपालिकाले भवन निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरेको छ ।

५ तल्ले डिजाईन गरिएको भवनमा भुमिगत पार्किङ्गको सुविधा समेत हुनेछ ।
श्री स्काई रामसागर जेभीले उक्त भवन ४ अक्टोबर २०२३ मा सम्पन्न हुने गरि १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैया ५१ पैसामा ठेक्का सम्झौता गरिएको नगर प्रमख हरि प्रसाद अधिकारीले जनाए ।

भवन सिद्धार्थ नगर नगरपालिकाको वडा नम्बर ५ हाल आइयुडिपी आयोजना (हाटबजार करणिमाई मन्दिर नजिकै) निर्माण हुनेछ ।
भवन बुद्ध धर्ममा आधारित बिहार वास्तुकलाको प्रयोग गरि निर्माण हुनेछ ।