बुटवल-१२
सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनीबाट धर्मनाथ यादव, प्रदेश २ बाट राजेश झा अहिराज र गण्डकीबाट सीता पौडेललाई हटाउन निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ ।