रमेश बास्तोला/अनखबर
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोला जिल्ला अदालत कास्कीको आदेशमा आज रिहा भएका छन् । १९ दिन अगाडी पोखरा रङ्गसाला नजिकै बाट पक्राउ परि प्रहरी नियन्त्रणमा रहेका बास्तोलालाई प्रहरीले शंकास्पद गतिविधिमा लागेको आरोपमा पक्राउ गरेको थियो ।
यसै विच अखिल क्रान्तिकारीले भने प्रहरीले झुठा मुद्दामा गिरफ्तार गरेको भन्दै विरोध जनाउँदै आएको थियोे । सरकार र नेपाल कम्युनिष्ट पार्टी ३ बुँदे सहमतिपछि प्रतिबन्ध फुुकुवा भई खुल्ला राजनीतिमा भएपनि सरकारले कतिपय नेता कार्यकर्तालाई विभिन्न बहानामा सोधपुछ भन्दै गिरफ्तार गरिरहेको छ ।