अनखबर
माछा मासुलाई शारीरिक तन्दुरुस्तताको लागी आवश्यक प्रोटिन तत्व भएकोले अति आवश्यक खाद्यान्नमा राखिन्छ । यस्ता खाद्यान्न सढेगले वा खान लायक नभएमा अखाद्य मानिन्छ, यसरी अखाद्य बेच्नेलाई नेपालको कानुनले दण्डित गर्ने व्यवस्था पनि छ । बुटवलको मुख्य चोकमा रही माछामासु व्यापार गर्दै आएका धेरै व्यापारिहरुले अखाद्य मासु बेच्ने गरेका छन् । बुटवलको नेपालगन्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसल र अस्पताललाईनको भुडकी चोकमा रहेको ताहिर मासु पसलमा अखाद्य मासु भेटिएको हो । उनीहरुले विगत लामो समयदेखी अखाद्य मासु बेचिरहेको उजुरीको आधारमा बुटवल उपमहानगरपालिा बजार अनुगमन समितिले अनुगमन गर्दा ८० किलो भन्दा धेरै माछा, खसी र बोकाको मासु सढेको बेच्न राखिएको पाईएको थियो ।
यो प्रतिनिधी उदाहरण मात्रै हो, बुटवलका धेरै मासु पसल स्वास्थ्य मापदण्डविपरित त छन नै निकै फोहोर र अव्यवस्थित छन्, यता लामो समयदेखी निर्माण कार्य सकिदासमेत सञ्चालन हुन नसकेको नगरपालिकाको बधशाला जीर्ण बन्दा करोडौं लगानी बालुवामा पानी हुन थालेको छ । नगरपालिकाले कहिलेकाही व्यापारीलाई खबर गरेर गरिने अनुगमनमा त यस्ता कुरा भेटिन्छन, यहाँ खाद्य तथा गुणस्तर विभाग अफिसबाट बाहिर कहिल्यै निस्कदैन निस्कनै परे व्यापारीहरुलाई खबर गरेर गाडी लिएर २ वटा पसलको गुणस्तर चेक गरी रसपान ज्यूनार गरेर निस्कन्छन् ।
बधशाला समयमा सञ्चालन गर्नेप्रती नगरपालिका गम्भीर बन्न नसक्दा समेत यस्तो समस्या आएको हो, यसले प्रत्यक्ष धेरै नागरिकको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ, कहिलेकाही अनुगमन गरेर केही किलो मासु फाल्दैमा यि मासु पसल सुधारिन्छन ? वधशाला संचालनमा किन ढिलाई गरेको ? यो प्रश्न बुटवलका मेयर र अनुगमनका संयोजक उपमेयरलाई ।