अनिल नेपाली/अनखबर
अर्घाखाँचीमा जारी निषेधाज्ञालाई थप कडाई गरीने भएको छ । साउन १६ गते राती १२ बजेदेखी लागुहुनेगरी साउन ३० गतेसम्म निषेधाज्ञालाई थप कडाईका साथ लागु गरीने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । बिहिवार सन्धिखर्कमा बसेको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकको निणर्य अनुसार १६ गते देखी राती देखी ३० गते सम्म निषेधाज्ञालाई कडाईकासाथ लागु गरीने अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी भयो ।

जिल्लामा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएसंगै संक्रमणको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने निणर्य भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । यससंगै अब अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र खुल्ने छन् भने यातायात, बैंक तथा वित्तीय संस्था पुणर् रूपमा बन्द हुने भएका छन ।

जिल्लामा बिहिवार साँझसम्म ५४४ जना सक्रिय संक्रमित रहेका छन् । ३३ सय ६५ जनामा कोरोना संक्रमण देखिएकोमा ७२ जनाको ज्यान गइसकेको छ । यस्तै २७ सय ४९ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवारमात्र अर्घाखाँची जिल्ला सहित १७ जिल्लालाई कोरोना संक्रमणको अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।