अनखबर
१५ साउन, काठमाडौं । अमेरिका समृद्ध मुलुकहरुमध्येकै उच्च कोटीको मुलुक त्यहाँ बस्ने नागरिकको चेतना पनि सामान्यतया त्यही कोटीको हुन्छ भन्ने गरिन्छ तर अमेरिकामा कोरोनाको खोप लगाउन नमानेपछि १ डोज खोप लगाउ १ सय डलर लैजाउ अभियान चलाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् ।
उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।
अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा। एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।
यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।अनलाइन खबर