बुटवल, साउन १५
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले संविधान भन्दा माथि कोही नभएको बताएका छन्
प्रदेशप्रमुख शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर कोही पनि नरहेको बताएका हुन् ।
शेरचनले संबिधान पनि भित्र बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल सरकारको सिफारिस र राष्ट्रपतिको नियुक्ति पाएर लुम्बिनी प्रदेश आउने मौका पाएको बताउँदै शेरचनले कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने बताए ।
शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाए ।
उनले विवादित काम नगर्ने प्रतिवद्धता समेत जनाए ।
गण्डकीका पूर्व प्रदेशप्रमुख भएका शेरचले आफुले कहिल्यै कसैसँग पद नमागेको स्पष्ट पारे ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गरेको अवस्थाबारे स्मरण गर्दै शेरचनले यतिबेला पुनः आवश्कताले आफुलाई लुम्बिनीमा पठाइएको जिकिर गरे ।
शेरचनले नेताको कर्तव्य जनताको समस्या र उनीहरूको दुःखमा साथ दिनु भएको बताए । उनले संघीय व्यवस्था नेपालको हकमा नयाँ भएको बताउँदै तीन तहको व्यवस्था नौलो अभ्यास भएको जिकिर गरे ।
राष्ट्रले प्रकृतिले दिएको सम्पदालाई उपयोग गर्न सकेको छैन । लुम्बिनी प्रदेशमा रहेका प्राकृति सम्पदाको संरक्षण र संवद्र्धन गर्नुपर्ने धारणा राखे ।
उनले नेपालमै रहेको युरोनियमको भण्डारलाई उपयोग गर्न नसकेको बताए ।
कैयौं सन्धि र अभिसन्धिहरूले विकासमा अवरोध गरेको बताउँदै उनले त्यसलाई राष्टको अनुकुल बनाएर सदुपयोग गर्न सक्नु पर्ने धारणा राखे ।
प्रदेशप्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।
अफुलाई लुम्बिनि प्रदेश नया ठाउ भएको ले लुम्बिनि प्रदेशको अबस्था थाहा पाउन सकेको छैन तर पनि अहिलेको परिस्थिति अबस्था जनता को चाहना अनुसार काम गर्ने बताए।
शेरेचन यस भन्दा अगाडी गण्डकी प्रदेशको जिम्मेबारि सम्हालेका थिए।