अनखबर
लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुखको नियुक्त पाएसँगै आज पदबहाली गर्न आईपुगेका प्रदेश प्रमुखलाई प्रदेश सरकारका कुनै पनि प्रतिनिधीले स्वागत गरेनन् । साढे ११ बजे कार्यालय आईपुगेका उनी आउँदा प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरु कोही थिएनन्, न त एउटा सांसद नै ।
केही पार्टीका कार्यकर्ता र प्रदेश प्रमुख कार्यालयका कर्मचारी र सुरक्षाकर्मी बाहेक कसैको उपस्थिती थिएन । केही दिन अगाडीमात्रै निवर्तमान प्रदेश प्रमुखलाई विदाई गर्न त्यही कार्यालयमा मुख्यमन्त्री पुगेका थिए । तर अहिले भने सरकारलाई औपचारिक जानकारी हुँदासमेत सरकारले प्रदेश प्रमुखको स्वागतार्थ कुनै तयारी नगुर्नले सुरुमै मुख्यमन्त्री र प्रदेश प्रमुखको दुरी बढ्ने देखिएको हो । सम्भवतः केही दिनमात्रै रहने भनिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई स्वीकार्दैनन्, स्वीकार्ने कुरै भएन किनकी ओली सत्ताच्युत भएपछि दोस्रो निशानाका भनिएका शंकर पोख्रेलका निकै निषेधको राजनीति गर्छन । हाल आएका प्रमुख शेरचन प्रचण्डनिकट हुन, उनलाई त स्वागत गर्न मुख्यमन्त्री किन जाने ?
प्रदेश प्रमुख आउने थाहा पाएपछि नेपाली कांग्रेस ,माओवादी केन्द्रका केही नेताहरु भने स्वागत गर्न गौतमबुद्ध विमानस्थल भैरहवा नै पुगेका थिए । शेरचनलाई नेपाली सेनाले सलामी अर्पण भने गरेको थियो। सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।
नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो। शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए। तत्कालिन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो। लुम्बिनी प्रदेशमा यसअघि उमाकान्त झा र धर्मनाथ यादव प्रदेश प्रमुख भैसकेका छन् ।