नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिंह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवद्र्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय भएको बताएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको तदारुकताका साथ छानवीन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।प्रवक्ता प्रकाण्डले सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटाइएका जति पनि घटनाहरु छन् त्यसमा भारतीय साम्राज्यवादी शासक वर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको बताउँदै जय सिंह धामीको घटना पनि त्यसैको उपज भएको बताएका छन् । प्रवक्ता प्रकाण्डले तुइन घटनाको वास्तविक छानविन, दोषी माथि कडा कारवाही, पिडीतलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रन पार्टीपंक्ति र आम नेपाली जनतामा जोडदार आह्वान समेत गरेका छन् ।
यस्तै यहि विषयलाई लिएर नेकपाले आज देशैभरी विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा उपस्थित जनताले तत्काल दोषीलाई कारबाही गरी छानविन गर्न माग गरेका छन्, नेकपाले तत्काल छानविन नभए सोबारे कडा आन्दोलन गर्ने चेतावनी दिईसकेको छ ।